काठमाडौं- सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकले एमसीसी परियोजना आवश्यक संशोधन र परिमार्जनसहित संसदबाट अगाडि बढाउने निर्णय गरेको छ।
आज सकिएको बैठकले करिब डेढ वर्षदेखि अड्किएको विवादित उक्त परियोजनासम्बन्धी विधेयक अगाडि बढाउने निर्णय गरेको हो।
तर, एमसीसीमा के संशोधन र परिमार्जन गर्ने भन्नेबारेमा पार्टीभित्र थप छलफल गर्ने निर्णय बैठकले गरेको छ। एमसीसीबारे यसअघि पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सुझावलाई ध्यान दिएर संशोधन र परिमार्जन गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकले अध्यक्षद्वयको कार्यविभाजन गर्नुका साथै अन्य करिब १ दर्जन निर्णय गरेको छ।
