काठमाडौं– कोरोना भाइरस संक्रमित बिरामीमध्ये २५ जना भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका छन्।
यस्तै १७० जनाको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बागमती प्रदेशमा २२ जना, प्रदेश ५ मा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक जना भेन्टिलेटरमा छन्।
यसैगरी आईसीईयूमा उपचार गराइरहेकामा प्रदेश १ पाँच जना, प्रदेश २ मा २४ जना, बागमतीमा १०७ जना र गण्डकीमा पाँच जना छन्।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार प्रदेश पाँचमा २२ जना, कर्णालीमा ६ जना र सुदूरपश्चिम प्रदेशमा एक जना आईसीयूमा छन्।
