शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हालसम्मकै बढी १४ सय ५४ जनामा कोरोना पुष्टि (२४ घण्टाकाे पूर्ण विवरणसहित)

हालसम्मकै बढी १४ सय ५४ जनामा कोरोना पुष्टि (२४ घण्टाकाे पूर्ण विवरणसहित)

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २९१ जना र होम आइसोलेसनमा ६ हजार ६३४ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा १० हजार ७०१ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म नेपालमा ८ लाख २१ हजार १८६ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोनामुक्त भएर डिस्चार्ज हुने संख्या ३६ हजार ६७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ३२२ पुगेको छ।

प्रकाशित: Sep 11, 2020| 16:25 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।