शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थायी कमिटी बैठकमा माधव नेपालको १५ बुँदे असन्तुष्टि

स्थायी कमिटी बैठकमा माधव नेपालको १५ बुँदे असन्तुष्टि

काठमाडौं- झन्डै डेढ महिनादेखि अवरुद्ध भएको नेकपा स्थायी कमिटी बैठक आज शुक्रबारदेखि पुनः सुरु भएको छ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं- झन्डै डेढ महिनादेखि अवरुद्ध भएको नेकपा स्थायी कमिटी बैठक आज शुक्रबारदेखि पुनः सुरु भएको छ।

बिहान ११ बजेदेखि जारी बैठकको सुरुमै मन्तव्य राखेर अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बाहिरिएका थिए। बैठकमा ओलीले दुई अध्यक्षले तयार पारेको प्रस्तावका बारेमा आफ्ना धारणा राखेका थिए।

ओली २० मिनेट आफ्ना धारणा राखेपछि बैठक सञ्चालनको जिम्मा दाहाललाई दिएर बाहिरिएका हुन्।

त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेताहरु देव गुरुङ, लिलामणि पोखरेल, घनश्याम भुसाल, मात्रिका यादव, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, भीम आचार्यलगायतले बालेका छन्।

उनीहरुले अध्यक्षद्वयले राखेको प्रस्तावका बारेमा कुरा राखेका थिए। बैठकमा नेता नेपालले आफ्नो १५ बुँदे असहमतिका विषयमा भनाइ राखे।

उनले आफ्नो विषय प्रस्तावमा नसमेटिएको भन्दै कडा रुपमा प्रस्तुत भएको बताइएको छ। अध्यक्षद्वयले सहमति गरेर मात्रै नहुने उनको धारणा थियोे।

प्रकाशित: Sep 11, 2020| 14:27 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।