शुक्रबार, भदौ १२, २०८३

कोरोनाबारे झुटो अफवाह फैलाएको आरोपमा दुईजना पक्राउ

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फत कोभिड–१९ को पिसिआर रिपोर्ट सम्बन्धी झुटो अफवाह फैलाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फत कोभिड–१९ को पिसिआर रिपोर्ट सम्बन्धी झुटो अफवाह फैलाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका–४ घर भई पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल छन्।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड–१९ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुटो अफवाह फैलाएको प्रहरीको आरोप छ।

उनीहरु विरुद्ध झुटो अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित: Sep 11, 2020| 13:08 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।