शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा स्थायी कमिटी बैठक : आफ्ना कुरा राखेर बाहिरिए ओली

नेकपा स्थायी कमिटी बैठक : आफ्ना कुरा राखेर बाहिरिए ओली

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा आफ्ना कुरा राखेर प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन्।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं– सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा आफ्ना कुरा राखेर प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सुरु भएको बैठकमा ओलीले दुई अध्यक्षले तयार पारेको प्रस्तावका बारेमा आफ्ना धारणा राखेका थिए।

यस्तै उनले कोराना संक्रमण जोखिम नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे पनि बैठकमा जानकारी गराएको एक स्थायी कमिटी सदस्यले बताए।

ओली २० मिनेट आफ्ना धारणा राखेपछि बैठक सञ्चालनको जिम्मा दाहाललाई दिएर बाहिरिएका हुन्।

प्रधानमन्त्री ओली कार्यव्यस्तताका कारण भन्दै बाहिरिएको ती नेताले जानकारी दिए।

प्रकाशित: Sep 11, 2020| 12:41 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।