शुक्रबार, भदौ १२, २०८३

कोशी अस्पतालले भर्ना नलिंदा गर्भवतीको घरमै मृत्यु

प्रसूतिका लागि कोशी अस्पताल विराटनगर पुगेकी विराटनगर ६ सुकुम्बासी टोलकी महिलालाई अस्पतालले भर्ना नलिएदा उनको घरमै मृत्यु भएको हो ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

मोरङ– विराटनगरमा उपचार नपाएर एक गर्भवती महिलाको मृत्यु भएको छ।

प्रसूतिका लागि कोशी अस्पताल विराटनगर पुगेकी विराटनगर ६ सुकुम्बासी टोलकी महिलालाई अस्पतालले भर्ना नलिंदा उनको घरमै मृत्यु भएको हो ।

ज्यालादारी गरेर गुजारा चलाउँदै आएका शिवु ऋषिदेवले श्रीमती विमलालाई प्रसूतिका लागि बुधबार बेलुका कोसी अस्पताल लगेका थिए।

अस्पतालले उपचार गर्न नसक्ने र घरमै फिर्ता लैजान भनेपछि ऋषिदेवले श्रीमतीलाई बुधबार राति घर फर्काएका थिए। घर फर्किएको भोलिपल्ट बिहीबार बिमलाको सुत्केरी हुन नसकेर घरमै मृत्यु भएको स्थानीयले बताएका छन्।

दुईपटक शल्यक्रियाबाट प्रसूति गराइसकेको हुँदा अब गर्न नसकिने भन्दै कोसी अस्पतालले भर्ना नलिएपछि उनको मृत्यु भएको आफन्तले बताएका छन्।

प्रकाशित: Sep 11, 2020| 12:29 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।