शुक्रबार, भदौ १२, २०८३

नेकपा स्थायी कमिटी बैठक सुरू

नेकपा स्थायी कमिटीको बैठक सुरू भएको छ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)  को स्थायी कमिटीको बैठक सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरू भएको अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले यसअघि तयार पारिएको प्रस्ताव पेश गर्नेछन्।

पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमा केही परिमार्जन गरेर अध्यक्षद्वयले १५ बुँदे प्रस्ताव तय गरेका हुन्।

असार १० गते सुरु भएपछि मूल कार्यसूचीमै प्रवेश नगरी स्थगित हुँदै आएको स्थायी कमिटी बैठक लामो छलफलपछि आजका लागि बोलाइएको हो।

स्थायी कमिटी बैठक साउन १३ देखि अनिश्चितकालका लागि स्थगित भएको थियो।

नेकपाले स्थायी कमिटीको बैठकलाई संभवभए सम्म आजै टुङ्ग्याउने जनाएको छ।

नेकपामा भागवण्डा र शक्ति प्रयोगको लामो समयदेखि चल्दै आएको खिचातानीले आजको स्थायी कमिटीको बैठकसँगै समाधान हुने बताइएको छ।

आजको बैठक सुरु हुनुअघि अध्यक्षद्वयबीच करिब आधा घण्टा 'वन अन वन' छलफल भएको थियो।

प्रकाशित: Sep 11, 2020| 11:37 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।