शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट काठमाडौं उपत्यकामा ६३ जनाको मृत्यु, १० हजार संक्रमित

कोरोनाबाट काठमाडौं उपत्यकामा ६३ जनाको मृत्यु, १० हजार संक्रमित

शुक्रबार बिहानसम्ममा काठमाडौंमा ४६, भक्तपुरमा १० र ललितपुरमा ७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ ।

शुक्रबार बिहान काठमाडौंका ६३ वर्षीय पुरुषको मृत्यु भएसँगै उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको हो । भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

शुक्रबार बिहानसम्ममा काठमाडौंमा ४६, भक्तपुरमा १० र ललितपुरमा ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । साउन ७ गते १ सय २० दिन लामो लकडाउन खोलेसँगै काठमाडौं उपत्यकामा संक्रमण र मृत्युदर ह्वात्तै बढेको हो ।

बढी जनघनत्व रहेको काठमाडौं उपत्यकामा मात्रै संक्रमित १० हजार नाघेका छन् । संक्रमितमध्ये करिब ३५ प्रतिशत लक्षणसहितका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिले उपत्यकामा ५ हजार ६६६ जना सक्रिय संक्रमित छन्।

यीमध्ये १ हजार ७७८ जना विभिन्न अस्पतालमा उपचाररत छन्। अस्पतालका आइसोलेसनमा १ हजार ६८०, आईसीयूमा ७७ र भेन्टिलेटरमा २१ जना रहेको महाशाखाले जनाएको छ।

बाँकी संक्रमित होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा छन्।

प्रकाशित: Sep 11, 2020| 11:27 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।