धनगढी- जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका एक युवकले आत्महत्या गरेका छन्।
धनगढी उप-महानगरपालिका-५, जाई निवासी १९ वर्षीय रोशन बिकले आज बिहान आत्महत्या गरेको प्रहरीले जनाएको छ।
शौचालयमा झुण्डिएको अवस्थामा देखेपछि निकालेर उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।
चोरी आरोपमा बिकलाई भाद्र २२ गते धनगढी उपमहानगरपालिका-१ बाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
