शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उच्च रक्तचाप र मोटोपनको समस्या भएकी कोरोना संक्रमितको विराटनगरमा मृत्यु

उच्च रक्तचाप र मोटोपनको समस्या भएकी कोरोना संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर– कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा बिहीबार साँझ एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

विराटनगर– कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा बिहीबार साँझ एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

श्वासप्रश्वासको समस्या र शरीरमा अक्सिजनको कमी देखिएकी विराटनगर १९ मिलनचोककी ४४ वर्षीया महिलालाई बिहीबार कोशी अस्पतालको आइसोलेसनबाट कोभिड अस्पतालमा रेफर गरिएको थियो ।

कोशी कोभिड अस्पतालका प्रमुख डा.दीपक सिग्देलले उच्च रक्तचाप र मोटोपनको समस्या भएकी ४४ वर्षीय महिलाको बिहीबार साँझ सवा ७ वजेतिर उपचारको क्रममा मृत्यु भएको बताए।

कोरोना संक्रमणका कारण कोशीको कोभिड अस्पतालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ। विराटनगरमा कोरोनाको कारण १६ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: Sep 11, 2020| 06:40 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।