शुक्रबार, भदौ १२, २०८३

देशभर बदली, कस्तो रहला सप्ताहान्तको मौसम ?

हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं- आज शुक्रबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ।

तीन  दिनको  मौसम पूर्वानुमान 

भाद्र  २६ गते  (शुक्रबार)

दिउँसो : देशभर  सामान्यतया  देखि पुर्ण बदली रही  केही  स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।  प्रदेश १ , प्रदेश २,  बागमती प्रदेश  र गण्डकी प्रदेशका  एक वा दुई  स्थानमा  भारी  वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर  सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ । प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र  २७ गते  (शनिबार)

दिउँसो : देशभर  सामान्यतया  बदली   रही  केही  स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।  प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५  एक वा दुई  स्थानमा  भारी  वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर  सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको  छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र  २८ गते  (आईतबार)

दिउँसो : देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।  प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५  एक वा दुई  स्थानमा  भारी  वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर  सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको  छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Sep 11, 2020| 06:31 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।