शुक्रबार, भदौ १२, २०८३

प्लाज्मा थेरापीको लागि रगत सङ्कलन शुरु

काठमाडौं- नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९का सङ्क्रमितको उपचारमा सहयोग पुर्याउन प्लाज्मा थेरापीको लागि रगत सङ्कलन शुरुआत गरेको छ ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं- नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९का सङ्क्रमितको उपचारमा सहयोग पुर्याउन प्लाज्मा थेरापीको लागि रगत सङ्कलन शुरुआत गरेको छ ।

बुधबार सोसाइटीको केन्द्रीय कार्यालयमा अवस्थित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा ३९ वर्षीय खिमबहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि रक्तदान गरेका थिए।

कोरोनामुक्त भएका उनले पहिलो पटक रक्तदान गरेको जनाइएको छ । उनले भने, “ कोरोना जित्नु भएकाहरुलाई म रक्तदानका लागि अनुरोध गर्दछु । मैले कहिल्यै रक्तदान गरेको थिइन । कोरोना सङ्क्रमण निको भएपछि पहिलो पटक रक्तदान गरेँ । आफ्नो रगतले अरु सङ्क्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएपछि रक्तदान गरेको हुँ । ”

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुरोधमा विभिन्न संस्थाहरुसँगको सहकार्यमा सोसाइटीले प्लाज्मा थेरापीको लागि रगत सङ्कलन सेवा शुरु गरेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा मनिता राजकर्णिकारले जानकारी दिए । सोसाइटी र नेपाल चिकित्सक संघका बीच रगत संकलनमा सहकार्य गने बुधबार सात बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो ।

सोसाइटीका अध्यक्ष डा नेत्र तिमिल्सिना र संघका अध्यक्ष डा लोचन कार्कीले दाताहरुको नाम संकलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडी बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताबमोजिम सोसाइटीले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, प्लाज्मा ब्याग लगायत आवश्यक सामग्रीहरुको व्यवस्थापन तथा प्लाज्मा बैंकको स्थापना गर्नेछ ।

त्यसमा संघले प्लाज्मा संकलनका लागि कोभिड–१९ सङ्क्रमिण भई निको भएका नागरिकहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विवरण संकलन गरी प्लाज्मा दान गर्न सरोकारवाला दाताहरुसँग समन्ययनकारी भूमिका निर्वाह गर्नेछ ।

सोसाइटीको समन्वयनमा प्लाज्मा दान गर्ने दाताहरुको सम्मानका लागि आवश्यक तयारी गरिएको छ । सो अवसरमा सोसाइटीका अध्यक्ष डा तिम्सिनाले समग्र रक्तसञ्चार सेवामा रेडक्रस एक्लो ‘एक्टर’ होइन र ‘कन्सोटियम’को अवधारणा लिई साझा दायित्व बहन गर्न सवै सरोकारवालाहरुलाई अनुरोध गरे।

स्थानीय अस्पतालसँगको सहकार्यमा रेडक्रसका सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगञ्ज, र कैलालीमा रहेका रक्तसञ्चार सेवाले प्लाज्मा थेरापीको लागि रक्तसंकलन सुरु गरिसकेको सोसाइटीले जनाएको छ । धनुषा र पोखरामा पनि यस्तो सेवा छिटै सुरु गरिने जनाइएको छ ।

प्लाज्मा थेरापी उपचारको प्रभावकारिता अहिले पनि अनुसन्धानकै क्रममा रहेको चिकित्सकहरुले बताएका छन् । प्लाज्मा दान गर्दा दाताहरुलाई कुनै पनि शारीरिक तथा मानसिक असरहरु नपर्ने चिकित्सक संघले जनाएको छ ।

प्रकाशित: Sep 11, 2020| 06:13 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।