शुक्रबार, भदौ १२, २०८३

जिल्ला प्रहरी प्रमुखसहित १७ जनामा कोरोना पुष्टि

जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

सप्तरी- जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

कार्यालय प्रमुख ४४ वर्षीय प्रहरी उपरीक्षक, ४५ वर्षीय प्रहरी नायव उपरीक्षक सहितअन्य १७ जनालाई कोरोना संक्रणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा उनीहरुको पीसीआर परीक्षण गरिएको बताइएको छ। अहिले उनीहरु होम आइसोलेसनमा बसेको जनाइएको छ। सप्तरीमा हालसम्म ५७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी साढे तीन सय कैदीबन्दी रहेको जिल्ला कारागारमा रहेका ९ जना कैदीबन्दी र दुई प्रहरीमा आज कोरोना संक्रमण देखिएको छ। संक्रमित कैदीबन्दीको संख्या १५ पुगेको छ।

बिहीबारै गरिएको परीक्षणमा गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत एक नर्स र १ स्वीपर समेत कोरोना संक्रमित भएका छन्। उनीहरु ३३ र ३८ वर्षीया महिला हुन्।

यसैगरी राजविराज नगरपालिका-३ का ७१ वर्षीय र ६ का २८ वर्षीय पुरुषसमेत संक्रमित भएका छन्।

जिल्लामा संक्रमितको संख्या १६६ महिलासहित ९९१ पुगेको छ। तीमध्ये एक महिलासहित ८ जनाको मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले जानकारी दिए।

उनका अनुसार हालसम्म ६८२ जना कोरोनालाई जितेर घर फर्किसकेका छन्। रासस

प्रकाशित: Sep 10, 2020| 20:10 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।