शुक्रबार, भदौ १२, २०८३

दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन

सरकारले आत्महत्या रोक्नका लागि आजदेखि दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन शुरु गरेको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं- सरकारले आत्महत्या रोक्नका लागि आजदेखि दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन शुरु गरेको छ।

आत्महत्या रोकथाम दिवसका अवसरमा मानसिक अस्पताल लगनखेल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा हेल्पलाइन शुरु गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. फणिन्द्रप्रसाद बरालले जानकारी दिनुभयो।

लगनखेलस्थित मानसिक अस्पतालमा ११६६ नम्बर र त्रिवि शिक्षण अस्पतालमा १६६०–०१–२१६०० नम्बरको फोनमा निःशुल्क हेल्पलाइनको व्यवस्था गरिएको छ।

उनले दुवै नम्बरमा कुनै पनि व्यक्तिले फोन गरे मनोचिकित्सकबाट परामर्श पाउने बताए। मानसिक अस्पतालमा बिहान ८ देखि साँझ ८ बजेसम्म र त्रिवि शिक्षण अस्पतालमा २४ घण्टा नै मनोचिकित्सकले परामर्श दिने छन्।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक वर्ष आठ लाख मानिसले आत्महत्या गर्ने गरेका छन्। यस हिसाबले हरेक ४० सेकेन्डमा एकजनाको आत्महत्याबाट मृत्यु हने गरेको छ।

विश्वव्यापी आत्महत्याका घटनामध्ये ७९५ घटना नेपालजस्ता निम्न तथा मध्यम आय भएका देशमा हुने गर्दछन्। नेपालमा भने हरेक दिन १७ जनाले आत्महत्या गर्ने गरेका छन्। नेपाल विश्वमा आत्महत्याबाट मृत्यु हुने देशमध्ये सातौँ स्थानमा छ।

नेपालमा केही स्वास्थ्यसम्बन्धी काम गर्ने संघसंस्थाले केही वर्षदेखि नै निःशुल्क हेल्पलाइन शुरु गरेका छन्। अध्ययनले यस सेवाको प्रयोगपश्चात् १० मा एकजनाले आत्महत्याको कार्य गर्नबाट पछि हटेको पाइएको छ। रासस

प्रकाशित: Sep 10, 2020| 20:00 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।