बिहीबार, कात्तिक २७, २०८२

कैलालीमा लाेपाेन्मुख सालक भेटियो

कैलालीको कैलारी गाउँपालिका-५, बंगालीपुर टोलमा लोपोन्मुख सालक फेला परेको छ।
 |  बिहीबार, भदौ २५, २०७७

भीम चौधरी

भीम चौधरी

बिहीबार, भदौ २५, २०७७

धनगढी- कैलालीको कैलारी गाउँपालिका-५, बंगालीपुर टोलमा लोपोन्मुख सालक फेला परेको छ।

National life

फेला परेको सालक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० को अनुसूची १ मा संरक्षित वन्यजन्तुको श्रेणीमा राखिएको छ।

झण्डै पाँच किलो तौल रहेको सालक घरमा पस्न खोजेपछि स्थानीयले समातेर प्रहरीलाई बुझाएका हुन्।

‘स्थानीयले समातेको सालक हामीले उद्धार गरेका छौँ’, डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कंडेलले भने, ‘अब शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्जमा छोड्छौँ।’

सालक नेपालमा अति लोपोन्मुख वन्यजन्तुमा पर्ने बताउँदै डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कंडेलले भने, ‘छालाका लागि चोरी तस्करी हुँदै आएको छ।’

Laxmi sunrise bank
kumari

प्रमुख रामचन्द्र कंडेलका अनुसार कैलालीमा यसको संख्या अति न्यून रहेको छ।

स्थानीय थारु भाषामा सालमच्छी र नेपालीमा तामे सालक भनेर चिनिने सालकको अंग्रेजी नाम पेङ्गोलिङ्ग प्राय नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू–भागमा पाइन्छ।

शरीरमा ठूलठूला कत्लाले ढाकेको र खबटामुनि पहेँलो जगर जस्ता रौँ उम्रेका हुन्छन्। पुच्छरको सहायताले रुखको हाँगामा झुण्डिने यो जनावर खतरा महसुस भएमा त्यसबाट जोगिन डल्लो पर्ने संरक्षण विद्को भनाइ छ।

विश्वभर आठ जातिका सालक पाइने गरेकोमा नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन्।

तर, धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौंको नागार्जुन साथै रामेछापका केही स्थानमा सेतो सालक पनि पाइने वन्यजन्त विज्ञको भनाइ छ। दुई हजार ५०० मिटर उचाइको सालको जंगलमा भेटिने सालकको दाँत नभए पनि ६० देखि ७० सेन्टीमिटरसम्म फैलने जिब्रोको सहायताले धमिरा र कमिला खान्छ। राति आहारा खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्छ।

२०५८ साल फाल्गुन महिनामा तत्कालीन जिल्ला वन अधिकृत नवराज बरालको सक्रियतामा कैलालीको मसुरीया बढैपुर वन क्षेत्रमा सालक फेला परेको थियो संरक्षणकर्मी बिजयराज श्रेष्ठले बताए।

संरक्षणर्की श्रेष्ठका अनुसार बि.सं. २०७५ सालमा भजनी क्षेत्रको पशुपति सामुदायिक वनमा समेत सालक फेला परेको थियो।

धेरै रुने बच्चाको घाँटीमा सालकको खपटा

पुरानो मान्यताअनुसार स्थानीय समुदायमा साना बच्चा रोई राख्ने रोग (रोईनी) लागेमा सालकको खपटालाई धागोमा बाँधेर रुने रोग लागेको बच्चाको घाँटीमा झुण्ड्याइने गरेको संरक्षणकर्मी भोजराज श्रेष्ठले बताए। सालकको खपटा धागोमा बाँधेर घाटीमा झुण्ड्याउँदा रुने रोगबाट बच्चाको रोग निर्मुल हुने स्थानीय समुदायमा मान्यता छ।

प्रकाशित: Sep 10, 2020| 19:30 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।