शुक्रबार, भदौ १२, २०८३

काठमाडौं छिर्नेले १४ दिन क्वारेन्टिनमा बस्नैपर्ने

काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार होम क्वारेन्टिनमा पनि बस्न सकिनेछ भने सरकारी क्वारेन्टिनमा बस्दा आफ्नै खर्चमा बस्नु पर्नेछ।

त्यसैगरी बिरामीको तत्काल शल्यक्रिया गर्नुपर्ने भए पीसीआर परीक्षणका लागि नमुना सङ्कलन गरी रिपोर्ट नपर्खिन र स्वास्थ्य मापदण्ड पालना गरी उपचार थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त निर्देशनलाई सबै अस्पताल तथा स्वास्थ्यकर्मीमा सर्कुलर गर्न आग्रह गरेका छन्।

यदि बिरामीले पीसीआर परीक्षणको कारण वा अन्य कारण उपचारमा ढिलाइ भई बिरामीको ज्यान गए कानुनअनुसार कारबाही हुने मन्त्रालयले जनाएको छ।

पछिल्लो समय पीसीआर रिपोर्ट नहुँदा इमर्जेन्सीमा अस्पताल पुगेका बिरामीले उपचार नपाउने गुनासा बढेको भन्दै त्यस्तो प्रवृत्ति रोक्न अस्पताललाई मन्त्रालयले निर्देशन दिएको छ।

प्रकाशित: Sep 10, 2020| 18:30 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।