शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध क्षतविक्षत बनायो : निधि

सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध क्षतविक्षत बनायो : निधि

सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिलाई क्षतविक्षत बनाएको आरोप नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लगाएका छन्।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिलाई क्षतविक्षत बनाएको आरोप नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लगाएका छन्।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बपीको योगदान विषयक जुम अन्तरक्रियामा निधिले भने,  ‘सरकारले नेपालको अन्तर्राष्टिय सम्बन्ध र विदेश नीतिलाई क्षतविक्षत बनाएको छ । यो चिन्ताको विषय हो।’

उनले यस्तो बेलामा नेपाली कांग्रेसका नेताहरुले गम्भीर मनन गरेर उचित दिशा अपनाउनुपर्नेमा जोड दिए।

चीन र भारतसँग सम्बन्ध सुमधुर र सन्तुलित राख्न बीपीको कार्यनीति काम अहिले पनि त्यतिकै महत्त्वपूर्ण रहेको निधिको भनाइ छ।

‘सरकारले राष्ट्रहित हेरेको छैन। समानता हेरेको छैन। लोकतन्त्र हेरेको छैन। धार्मिक र सांस्कृतिक सम्बन्ध हेरेको छैन,’ निधिले भने, ‘भारतसँगको सम्बन्ध अत्यन्तै जटिल मोडमा पुगेको छ।’

उनले नेपालले चीन र भारतसँग मैत्रीसम्बन्ध राख्न सक्नुपर्ने बताए। बीपी कोइरालाले अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा एउटा आधारशिला तयार गरेको उनले प्रस्ट पारे।

‘स्वतन्त्रता, सार्वभौमिकिता, प्रजातन्त्र र मानवअधिकार चारवटा आधारभुत कुराहरुलाई शुरुवातमा उहाँले समेट्नुभएको थियो,’ निधिले भने।

प्रकाशित: Sep 10, 2020| 18:00 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।