शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकार साहको हत्यामा संलग्न मुख्य अभियुक्त १३ वर्षपछि पक्राउ

पत्रकार साहको हत्यामा संलग्न मुख्य अभियुक्त १३ वर्षपछि पक्राउ

बाराका पत्रकार वीरेन्द्र साहको अपहरण तथा हत्यामा संलग्न मुख्य अभियुक्तलाई बारा प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– बाराका पत्रकार वीरेन्द्र साहको अपहरण तथा हत्यामा संलग्न मुख्य अभियुक्तलाई बारा प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ।

अदालतबाट वारेन्ट जारी भई १३ वर्षदेखि फरार रहेका हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बाराको विभिन्न स्थानमा लुकिछिपि बसेको कुरा प्राविधिक अनुसन्धान तथा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कोल्हवी नगरपालिका ४ सपही टोलमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो। अहिले उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइँदैछ। आवश्यक प्रकृया पुर्याई बारा जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

१८ असोज २०६४ मा पत्रकार वीरेन्द्र साहलाई हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मी, कुन्दन फौजदार, राम एकवाल सहनी र मनेजर गिरि समेतका ५ जना व्यक्तिहरूले अपरहण गरी लगेर गोली हानी हत्या गरेका थिए।

शाहको शव बारा गाविसको डुमरवाना ७ स्थित जंगलमा खाल्टो खनी गाडेको अवस्थामा २२ कात्तिक २०६४ मा फेला परेको थियो।

अपहरण र हत्यामा संलग्न प्रतिवादी मनेजर गिरी, राम एकवाल सहनी, नरेन्द्र फौजदार यसअघि नै पक्राउ परिसकेका थिए। उनीहरु सबैलाई सर्वस्व सहित जन्मकैदको सजाय भएको थियो।

प्रकाशित: Sep 10, 2020| 17:06 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।