शुक्रबार, भदौ १२, २०८३

करेन्ट लागेर उप-महानगरपालिकाका कर्मचारीको मृत्यु

करेन्ट लागेर धनगढी उप-महानगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

धनगढी- करेन्ट लागेर धनगढी उप-महानगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ।

धनगढी उप-महानगरपालिका-६, शिवनगरमा विद्युत सर्भिस पोलमा राखिएको बत्तीको बल्ब मर्मत गरेर भर्‍याङ निकाल्ने क्रममा करेन्ट लागेर सोही ठाउँका ३२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको बताए।

प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार करेन्ट लागेर सोही ठाउँका २२ वर्षीय खेमराज दाहाल पनि घाइते भएका छन्। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

मृतक चौधरी धनगढी उपमहानगरपालिकाका करार सेवाका कर्मचारी हुन्।

प्रकाशित: Sep 10, 2020| 17:08 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।