शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तत्कालीन प्रमुख इन्जिनियर गुप्ताविरुद्ध १६ करोड बिगो कायम गरी मुद्दा

तत्कालीन प्रमुख इन्जिनियर गुप्ताविरुद्ध १६ करोड बिगो कायम गरी मुद्दा

संघीय आयोजना कार्यान्वयन एकाइ, विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर काशीप्रसाद गुप्ताविरुद्ध १६ करोड बढी बिगो कायम गरेर मुद्दा दायर भएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– संघीय आयोजना कार्यान्वयन एकाइ, विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर काशीप्रसाद गुप्ताविरुद्ध १६ करोड बढी बिगो कायम गरेर मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा उनीविरुद्ध १६ करोड ७२ लाख ५६ हजार ४९६ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको हो।

गुप्ताकी पत्नी र परिवारका अन्य सदस्यसमेत १२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो।

गुप्ताले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको हुँदा अनुसन्धान गरी कारबाही गरी पाउँ भन्नेसमेतको उजुरीपछि अख्तियारले अनुसन्धान गरेको थियो।

गुप्ता १२ पुस २०३८ मा ओभरसियर पदबाट सार्वजनिक सेवामा प्रवेश गरी ५ असार २०७६ मा सीडीई पदबाट अवकाश भएका थिए।

सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको २९ पुस २०७७ सम्मको वैध आय एक करोड ११ लाख ६९ हजार ९६२ रुपैयाँ आर्जन गरेको र सोही अवधिमा निजले १७ करोड ८४ लाख २६ हजार ४५९ रुपैयाँ खर्च तथा लगानी गरेको पुष्टि भई वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने १६ करोड ७२ लाख ५६ हजार ४९६ रुपैयाँको खर्च तथा लगानीको स्रोत नखुलेको अख्तियारको अनुसन्धानले देखाएको छ।

गुप्ताकी पत्नी मिता गुप्ताले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको जान्दाजान्दै त्यस्तो सम्पत्ति लुकाउने छिपाउने तथा दुरूपयोग गर्ने एवं भोग चलन गर्ने उद्देश्यले आफ्नो तथा आफन्तको नाममा कारोबार गरी आरोपित काशीप्रसाद गुप्तालाई गैरकानूनी सम्पत्ति आर्जन गर्ने तथा त्यस्तो सम्पत्तिलाई अवैध रूपमा लुकाउनछिपाउन सहयोग, दुरुत्साहन गर्ने समेत कार्यमा प्रत्यक्ष संलग्न रहेको अख्तियारले भनेको छ।

त्यस्तै आरोपित काशी प्रसाद गुप्ताले आफन्तहरु अन्जु कुमारी महतो, उदितनारायणप्रसाद रौनियार, चन्देश्वर महतो, धीरजकुमार गुप्ता, प्रीतिकुमारी गुप्ता, डा. रचनाप्रसाद शाह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोष कुमार गुप्ताको नाममा खाता खोली १० करोड ४४ लाख ४३ हजार ७८३ रकम लुकाई–छिपाई राखेको देखिँदा निजहरुलाई सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी कायम गर्ने गरी मागदाबी लिइएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

प्रकाशित: Sep 10, 2020| 16:28 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।