शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, साढे ३५ हजारभन्दा बढी संक्रमणमुक्त

कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, साढे ३५ हजारभन्दा बढी संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ। जसमध्ये ८ हजार १० जना संस्थागत आइसोलेसनमा र ६ हजार ४३८ जना होम आइसोलेसनमा बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा ११ हजार १४४ जनाको आरटीपीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको छ। योसहित हालसम्म नेपालमा ८ लाख १० हजार ४८५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ।

आज ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ।

प्रकाशित: Sep 10, 2020| 16:23 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।