शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारीलाई हाजिर गर्न नदिने जोरायल गाउँपालिकाको अनुदान रोक्ने मन्त्रालयको चेतावनी

कर्मचारीलाई हाजिर गर्न नदिने जोरायल गाउँपालिकाको अनुदान रोक्ने मन्त्रालयको चेतावनी

प्रमुख कार्यकारी अधिकृतलाई हाजिर गर्न नदिने डोटीको जोरायल गाउँपालिकालाई संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुदान रोक्काका लागि सिफारिस गर्ने चेतावनी दिएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं- प्रमुख कार्यकारी अधिकृतलाई हाजिर गर्न नदिने डोटीको जोरायल गाउँपालिकालाई संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुदान रोक्काका लागि सिफारिस गर्ने चेतावनी दिएको छ।

मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नालाई हाजिर हुन नदिई उल्टै ठाडो जवाफ लेखेर पठाएपछि मन्त्रालयले गाउँपालिका अध्यक्षलाई यस्तो चेतावनी दिएको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४(४) बमोजिम मन्त्रालयले स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय गरिएकोले ठगुन्नालाई हाजिर हुन पत्राचार गरेको छ।

आफ्नो सहमति र समन्वयबिना मन्त्रालयले ठगुन्नालाई पठाएको भन्दै अध्यक्ष दुर्गा दत्त ओझाले मन्त्रालयलाई उनलाई हाजिर गराउन नसक्ने ठाडो पत्र पठाएका थिए।

अध्यक्ष ओझाले ठगुन्ना शारीरीक रुपले अशक्त भएकोले काम गर्नसक्ने अवस्थामा नरहेकोसमेत पत्रमा उल्लेख गरेका थिए।

कुन कानुन अन्र्तगत हाजिर गराउन नसकिने भनी पत्र पठाइएको हो ? भन्दै मन्त्रालयले गाउँपालिकालाई मन्त्रालयले खटाएका कर्मचारीलाई तुरुन्त हाजिर हुन दिन भनेको छ।

यस प्रकृतिका काम कारबाहीलाई मन्त्रालयले गम्भीरतापूर्वक नियालीरहेको उल्लेख गर्दै पत्रमा भनिएको छ, ‘स्थानीय तहमा प्रदान गरिने वित्तिय समानिकरण अनुदान रोक्का गर्न सम्बन्धित निकायलाई सिफारिस गरिने व्यहोरा स्मरण गराउदै आगामी दिनमा पुनः दोहोरिन नदिन मन्त्रालय अनुरोध गर्दछ।’

No description available.

प्रकाशित: Sep 10, 2020| 16:05 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।