शुक्रबार, भदौ १२, २०८३

कोरोनाबारे कांग्रेसले साताव्यापी कार्यक्रम गर्ने

नेपाली कांग्रेसले कोरोना संक्रमणको सन्दर्भ, सरकारको भूमिका र हाम्रो दृष्टिकोण विषयक एक हप्ते कार्यक्रम गर्ने भएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– नेपाली कांग्रेसले कोरोना संक्रमणको सन्दर्भ, सरकारको भूमिका र हाम्रो दृष्टिकोण विषयक एक हप्ते कार्यक्रम गर्ने भएको छ।

नेपाली कांग्रेस कोभिड १९ अनुगमन समितिले १०७ औं वीपी जयन्ती विशेष एक हप्ते कार्यक्रम सातवटै प्रदेशमा जुममार्फत् गर्न लागेको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत पार्टीका शिर्ष नेताहरुले सातवटै प्रदेशमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन्। प्रदेश १ मा भाद्र २७, २ मा २८, बाग्मतिमा २९, गण्डकीमा ३०, प्रदेश ५ मा ३१, कर्णाली प्रदेशमा १ असोज र सुदूरपश्चिम प्रदेशमा २ असोजमा जुममार्फत् कार्यक्रम गर्न लागिएको हो।

हरेक प्रदेशमा दिउँसो ३ बजे कार्यक्रमको आयोजना गरिने छ। १०७ औं वीपी जयन्तीको अवसरमा बुधवार नेपाली कांग्रेसले आयोजना गरेको अन्तरक्रियामा सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको रोकथाम, नियन्त्रण लगायत सचेतना फैलाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।

उनले देशैभर कार्यक्रम गर्ने पनि बताएका थिए। सोही अन्तर्गत कांग्रेस कोभिड १९ अनुगमन समितिले कार्यक्रम तय गरेको हो।

प्रकाशित: Sep 10, 2020| 15:12 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।