शुक्रबार, भदौ १२, २०८३

'६ महिनासम्म घरमा थुनिएका मजदुरलाई क्षतिपूर्ति देऊ'

लकडाउनका कारण लाखौं मजदुर बेरोजगार बनेको भन्दै राज्यले क्षतिपूर्ति दिनुपर्ने माग सरोकारवालाले गरेका हुन्।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं मजदुर संगठनहरुले कोरोना महामारीका कारण करिब ६ महिनादेखि घरमै थुनिएका मजदुरलाई क्षतिपूर्ति दिन माग गरेका छन्।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण लाखौं मजदुर बेरोजगार बनेको भन्दै राज्यले क्षतिपूर्ति दिनुपर्ने माग सरोकारवालाले गरेका हुन्।

६ महिना लामो लकडाउनले मजदुर र आश्रित परिवार भोकै मर्ने अवस्था आएको भन्दै विभिन्न ७ वटा ट्रेड युनियन महासंघहरुले आज बिहीबारबाट आन्दोलन थालेका छन्। माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गर्दै उनीहरुले सरकारले प्रतिमजदुर दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

नेकपा समाजवादी ट्रेड यनियन महासंघका महासचिव लामध्वज नेम्वाङले कोरोना महामारी रोक्न सरकारले गरेको निर्णय मजदुरले पालना गर्दा आफैँ भोकले मर्नुपर्ने अवस्था आएको बताए।

६ महिनासम्म घरमै थुनिएर बसेका मजदुरलाई सरकारले क्षतिपूर्ति नदिए सबै मजदुर सडक आन्दोलनमा उत्रिने उनले चेतावनी दिए। लकडाउनकै बेला थुप्रै कम्पनीहरुले मजदुरलाई निकाल्ने काम गरेको भन्दै नेम्वाङले त्यसविरुद्ध कडा आन्दोलनमा उत्रिने बताए।

क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, जनता समाजवादी निकट समाजवादी ट्रेड युनियन महासंघलगायत ७ वटा ट्रेड युनियन महासंघहरूले कोभिड १९ को आतंक र राज्यद्वारा जारी लकडाउन र निषेधाज्ञाले रोजगारी कटौती, तलब सुविधाको कटौतीले मजदुरमा पारेको प्रभावविरुद्ध संयुक्त आन्दोलन थालेका हुन्।

प्रकाशित: Sep 10, 2020| 14:10 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।