शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मालपोतका कर्मचारी सहित गण्डकीमा थप ४९ जनामा कोरोना पुष्टि

मालपोतका कर्मचारी सहित गण्डकीमा थप ४९ जनामा कोरोना पुष्टि

मालतपोतका कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी र जनप्रतिनिधिसहित गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

पोखरा- मालतपोतका कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी र जनप्रतिनिधिसहित गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सबैभन्दा धेरै सङ्क्रमित कास्कीको पोखरा महानगरपालिकामा १९ जना थपिएका छन् । त्यस्तै स्याङ्जामा १२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै बाग्लुङका नौ जना, तनहुँमा तीन जना, नवलपरासी सुस्ता पूर्वमा पाँच जना र पर्वतमा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पोखरामा सङ्क्रमण पुष्टि भएकामध्ये एक जना पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत नर्स र पर्वतमा प्रहरीमा कार्यरत रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

यसैगरी स्याङ्जाका सङ्क्रमितमध्ये ४ जना जिल्ला मालपोत कार्यालयका कर्मचारी र एक जना वडा सचिव हुन् ।

कोरोना सङ्क्रमित भएका जुवाडेहरुको कन्ट्याक ट्रेसिङ गर्दा मालपोतका कर्मचारीमा पनि संक्रमण देखिएको हो । उनीहरुलाई आइसोलेसनमा लाने तयारी भएको छ ।

योसँगै बिहीबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार सात सय २८ जना पुगेको छ ।

एक हजार आठ सय आठ जना निको भएका छन् ।

प्रकाशित: Sep 10, 2020| 09:51 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।