शुक्रबार, भदौ १२, २०८३

विराटनगरमा वडाध्यक्षसहित थप ६८ जनामा कोरोना पुष्टि

विराटनगर महानगरपालिकाका वडा नम्बर २ का वडाध्यक्षसहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

विराटनगर- विराटनगर महानगरपालिकाका वडा नम्बर २ का वडाध्यक्षसहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वडाध्यक्ष कुमार पोखरेलमा संक्रमण पुष्टि भएको हो । रिपोर्ट पोजेटिभ आएपनि आफूमा कुनै लक्षण नदेखिएको उनले बताएका छन् । उनी होम आइसोलेशनमा बसेका छन्।

यस्तै थपिएका अन्य ६७ जना संक्रमितहरुमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन् । केहि अस्पतालमा उपचाररत विरामीसमेत रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

योसँगै विराटनगरमा मात्रै कोरोना संक्रमितको संख्या १ हजार ३५१ पुगेको छ।

प्रकाशित: Sep 10, 2020| 08:35 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।