शुक्रबार, भदौ १२, २०८३

मोबाइल चलाइ राखेका युवकको चट्याङ लागेर मृत्यु

मोबाइल चार्ज गर्ने क्रममा आफ्नै घरमा परेको चट्याङ लागेर ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

बागलुङ- चट्याङ लागेर बागलुङको ताराखोलामा एक युवकको मृत्यु भएको छ ।

बुधबार राति मोबाइल चार्ज गर्ने क्रममा आफ्नै घरमा परेको चट्याङ लागेर ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो ।

घरभित्रै परेको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउको गम्भीर चोट लागेको थियो ।

चट्याङ परेको बेला विद्युतिय उपकरण चलाउन नहुने विज्ञहरु बताउँछन् ।

चट्याङ लागेलगत्तै बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचारका लागि लगिएको थियो । तर, गम्भीर चोटका कारण बचाउन नसकिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

प्रकाशित: Sep 10, 2020| 08:22 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।