शुक्रबार, भदौ १२, २०८३

मालबाहक सवारीसहित यस्ता गाडीमा लाग्ने छैन जोरबिजोर

जोरबिजोर प्रणाली मालबाहक ढुवानीका साधनमा भने लागु हुने छैन् । खाध्यान्न, तरकारी, फलफूल, निर्माण सामाग्री, पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा जोरबिजोर लागु हुने महाशाखाले जनाएको छ ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं- २१ दिन लामो निषेध आदेश हटेसँगै काठमाडौं उपत्यकामा आजबाट यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ ।

सबै सवारी चल्न दिदा भीड बढ्ने र कोरोना संक्रमणको जोखिम झनै उच्च हुने निष्कर्षसहित आजबाट निषेध आदेश हटाए पनि यातायातमा जोरबिजोर प्रणाली लागु गरिएको हो ।

जोरबिजोर चार पांग्रे सवारीसँगै दुई पांग्रे मोटरसाइकलमा पनि लागु हुने महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

जोरबिजोर प्रणालीअनुसार सार्वजनिक यातायात चलेपनि क्षमताभन्दा आधामात्रै यात्रु बोक्न पाउँने छन् ।

ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ भने सार्वजनिक बसमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइने प्रावधान बनाइएको छ ।

जोरबिजोर प्रणाली मालबाहक ढुवानीका साधनमा भने लागु हुने छैन् । खाध्यान्न, तरकारी, फलफूल, निर्माण सामाग्री, पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा जोरबिजोर लागु हुने महाशाखाले जनाएको छ ।

यस्तै एम्बुलेन्स लगायत स्वास्थ्य संघसंस्था र स्वास्थ्यकर्मीका सवारी साधनमा जोरबिजोर लागु हुने छैन् । सुरक्षा निकाय, मिडियाका सवारीमा पनि जोर बिजोर लागु हुने छैन् ।

त्यस्तै फोहोर संकलन गर्ने सवारीमा पनि जोरबिजोर लागु नहुने महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

 

प्रकाशित: Sep 10, 2020| 07:27 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।