शुक्रबार, भदौ १२, २०८३

मध्यरातमा देवरले गरे कुटेर भाउजुको हत्या

३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा जिल्ला प्रहरीले कार्यालय भोजपुरले नियन्त्रणमा लिएको हो ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

भोजपुर– जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ।

टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।

गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटपछि डिलबाट हुत्याएर आफू घर आएको र बिहान हेर्दा घर छेउको सुँगुरको खोरमा केशरमाया मृत अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए।

राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। –रासस

प्रकाशित: Sep 10, 2020| 06:44 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।