शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा भोलिदेखि यातायातमा जोरबिजोर, व्यापार व्यवसाय पनि खुल्ने

उपत्यकामा भोलिदेखि यातायातमा जोरबिजोर, व्यापार व्यवसाय पनि खुल्ने

भदौ ३ गते मध्यरातदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेध आदेश खुकुलो हुने भएको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं– भदौ ३ गते मध्यरातदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेध आदेश खुकुलो हुने भएको छ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेध आदेश खुकुलो बनाउने निर्णय गरेको हो।

गृह मन्त्रालयसँगको परामर्शपछि उपत्यकामा लगाइएको निषेध आदेश खुकुलो पार्ने निर्णय भएको एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

अब बिहीबारदेखि सार्वजनिक तथा निजी सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिनेछ। व्यापार व्यवसाय पनि खुल्नेछन्। तर, आवश्यक सर्त भने लागू गर्नुपर्नेछ।

प्रशासनका अनुसार पार्टी प्यालेस, शैक्षिक संस्था, फिल्म हल, सभा, गोष्ठी, सेमिनारलगायतका सार्वजनिक कार्यक्रममा भने रोक लगाइएको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निर्णय केहीबेरमा सार्वजनिक गरिने जानकारी दिए।

उपत्यका प्रवेश गर्ने सवारीसाधनका हकमा भने यसअघिकै नियम लागू गरिनेछ। उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि भदौ ३ देखि लागू हुने गरेर तीन चरणमा निषेध आदेश जारी गरिएको थियो।

लामो समयसम्मको निषेध आदेशले जनजीवन कष्टकर बनेपछि सबै क्षेत्रको परामर्श र छलफलबाट उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेध आदेश खुकुलो बनाउने निर्णय गरेका हुन्।

प्रकाशित: Sep 09, 2020| 17:51 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।