शुक्रबार, भदौ १२, २०८३

जबरजस्ती करणीको आरोपमा ४ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

धनगढी- जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

१ वर्षीया एक महिलालाई जबरजस्ती गरेको आरोपमा धनगढी उपमहानगरपालिका–४ सहिदगेटस्थित डडेल्धुरा होटलबाट ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा होटलका सञ्चालक कञ्चनपुर भिमदत्त नगरपालिका–९ का २० वर्षीय सञ्जु पाल, डडेल्धुरा अमरगढी नगरपालिका–१ का २० वर्षीय हेमन्त दियाल, डडेल्धुरा नवदुर्गा गाउँपालिका–२ का २४ वर्षीय दिपक भट्ट र डडेल्धुरा अजयमेरु गाउँपालिका–१ बस्ने २१ वर्षीय टंक धामी छन्।

उक्त होटलमा महिलालाई जबरजस्ती करणी गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 09, 2020| 17:45 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।