शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रौतहटमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित ६ जनाविरुद्ध किटानी जाहेरी

रौतहटमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित ६ जनाविरुद्ध किटानी जाहेरी

रौतहटमा प्रहरीको थुना रहेको बेला मृत्यु भएका युवकका परिवारले तत्कालीन जिल्ला प्रहरी प्रमुखसहित ६ जनाका नाममा किटानी जाहेरी दिएका छन्।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं- रौतहटमा प्रहरीको थुना रहेको बेला मृत्यु भएका युवकका परिवारले तत्कालीन जिल्ला प्रहरी प्रमुखसहित ६ जनाका नाममा किटानी जाहेरी दिएका छन्।

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजय महराका बाबु पनिलाल महराले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन्।

जिल्ला प्रहरी कार्यालयले जाहेरी दर्ता गर्न नमानेपछि जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएको वकिल कार्यालयका सूचना अधिकारी रामप्रसाद पन्थीले जानकारी दिए।

मुलुकी फौजदारी अपराध संहिता कार्यविधि २०७४ को दफा ५ अनुसार सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता भएको हो।

जाहेरीमा इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, सई वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहलाई विपक्षी बनाइएको छ।

उक्त जाहेरीलाई जिल्ला सरकारी वकिल कार्यालयले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको पन्थीले बताए।

स्थानीय युवक निरन्जन रामको हत्याको आरोपमा पक्राउ परेका ७ जनामध्येका विजय महराको थुनामै रहेका बेला बिरामी परी उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।

प्रहरीको कुटपिटबाट उनको ज्यान गएको परिवारले आरोप लगाएका छन्। गृह मन्त्रालयले गठन गरेको छानविन समितिले पनि कुटपिटबाट नै मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

उक्त प्रकरणमा एसपी खड्काको समेत जिम्मेवारी खोसेर प्रहरी प्रधान कार्यालय तानिएको छ।

याे पनि

हिरासतमा थुनुवा मृत्यु प्रकरण : रौतहटका एसपी खड्काको जिम्मेवारी खोसियो

प्रकाशित: Sep 09, 2020| 17:45 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।