शुक्रबार, भदौ १२, २०८३

४० हजार सक्रिय संक्रमित हुँदासम्म बेड अभाव नहुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० हजार सक्रिय संक्रमित हुँदासम्म आइसोलेसन सेन्टर तथा अस्पतालमा बेड अभाव नहुने बताएको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा काेराेनाका ४० हजार सक्रिय संक्रमित हुँदासम्म आइसोलेसन सेन्टर तथा अस्पतालमा बेड अभाव नहुने बताएको छ।

मन्त्रालयका प्रवक्ता गौतमले ६४९ वटा पालिकामा ५ बेडको आइसोलेसन सेन्टर अनिवार्य रुपमा बनाएसँगै आइसोलेसन बेड अभाव नहुने बताए।

गौतमले हाल आइसोलेसन सेन्टर तथा अस्पतालमा बेड, आइसीयु तथा भेन्टिलेटर थपिएकाले ४० हजार संक्रमित पुग्दासम्म कसैका लागि पनि बेड अभाव नहुने दाबी गरेका छन्।

हाल देशभर ४९ हजार २१९ जना संक्रमित बनेका छन्। उनीहरुमध्ये ३३ हजार ८८२ जना संक्रमण मुक्त भएका छन् भने १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन्।

संक्रमितमध्ये हाल १६२ जना आइसियुमा, २२ जना भेन्टिलेटरमा र अन्य संक्रमितहरु आइसोलेसनमा उपचाररत छन्।

प्रकाशित: Sep 09, 2020| 17:35 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।