शुक्रबार, भदौ १२, २०८३

समयमै महाधिवेशन गर्न तयार छु : देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन तोकिएको समयमै गर्न रहेको बताएका छन्।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन तोकिएको समयमै गर्न तयार रहेको बताएका छन्।

१०७ औं बीपी जयन्तीको अवसरमा पार्टीले आयोजना गरेको अन्तरक्रियामा देउवाले भने,  ‘मैले महाधिवेशन गर्नु हुँदैन भनेर त कहाँ भनेको छु? म समयमै महाधिवेशन गर्ने पक्षमा छु। महाधिवेशन सबै साथीहरुको सहमतिका आधारमा गर्न तयार छु।’ देउवाले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए। का‌ंग्रेस महाधिवेशन फागुनमा गर्ने तयारी छ।

‘अहिले कोरोनाको कारणले गर्दा जुमबाट कार्यक्रम गर्नुपरेको छ। यो स्थितिमा महाधिवेशन के कसरी गर्ने केही समय सार्न सकिन्छ कि यो विषयमा पनि छलफल गरौं,’देउवाले भने, ‘विधानअनुसार कार्यसमितिको समय थप्न मिल्दैन भन्ने मलाई पनि थाहा छ।’

आफ्नो पार्टीमा पहिलेदेखि नै झगडा हुँदै आएको भन्दै देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए।

सभापति देउवाले अहिले प्रजातन्त्रमाथि खतरा रहेको र कम्युनिस्ट सरकारले अधिकार खोस्न खोजिरहेको बताए।

‘प्रजातन्त्रमाथि ठूलो खतरा छ। कोरोनाले गर्दा हो नत्र हाम्रो पार्टी आन्दोलन गर्ने तयारी थियो,’ उनले भने, ‘ढिलोचाँडो कम्युनिस्टसँग लड्नुपर्ने बेला आउँछ।’ सरकारले कोरोनाका नामबाट पैसा कमाउने काम गरेको देउवाको आरोप छ।

‘आवश्यक पीसीआर परीक्षण छैन, अस्पताल बनाउने केही काम गरेको छैन। जताततै अस्तव्यस्त गरिएको छ,’ उनले भने, ‘नेपालमा कोरोनाले डरलाग्दो अवस्था ल्याउने देखिन्छ। त्यसैले कोरोना संक्रमणबाट बच्न सबै नेता, कार्यकर्ता र आम जनताहरुमा आग्रह गर्न चाहन्छु।’

देउवाले गाउँगाउँमा गएर जनतालाई कोरोना बारे सचेतना फैलाउन कार्यकर्तालाई निर्देशनसमेत दिए।

‘तपाईंहरु आफू मात्रै सचेत हुने होइन, गाउँ गएर जनतालाई भौतिक दूरी कायम राख्ने, मास्क लगाउने लगायतका चेतनामूलक कार्यक्रम गर्नुस्,’उनले भने, ‘सरकारले गर्नेवाला केही छैन। त्यसैले कांग्रेसले नै कोरोनाविरुद्धको लडाइँ जित्नका लागि कार्यकर्ता परिचालन गरेर नागरिकलाई सचेत गराउनुपर्छ।’

प्रकाशित: Sep 09, 2020| 17:33 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।