शुक्रबार, भदौ १२, २०८३

कोभिडका कारण १० प्रतिशत बालबालिकामा मानसिक समस्या

विश्वका १० प्रतिशत बालबालिकामा कोरोना महामारीपश्चात् मानसिक समस्या देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं- विश्वका १० प्रतिशत बालबालिकामा कोरोना महामारीपश्चात् मानसिक समस्या देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

महामारीपश्चात् बालबालिकाहरु रिसाउने, झर्को मान्ने र उदास हुनेलगायतका मनोसमस्या देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २०२० जुलाईमा गरिएको एक अध्ययनका अनुसार बालबालिकाहरु लामो समय घरभित्रै बस्दा उनीहरुलार्ई मानसिक समस्या देखिएकोे छ।

लामो समयसम्म घरमा बस्दा, आफ्ना कुरा साथीहरुलाई भन्न नपाउँदा पनि समस्या देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बालबालिकाहरु अभिभावक भन्दा पनि साथीहरुसँग नजिक हुने र सोहीअनुसार आफ्नो दुःख, पीडा साटासाट गरी रमाउन मन पराउने भएकाले साथीहरुसँग भेट्न नपाउँदा पनि बालबालिकामा मानसिक समस्या देखिन थालेको छ।

कोभिडको महामारी र घुलमिल हुन नपाउने अनिश्चितताले थप बालबालिकामा मानसिक समस्या देखिने उक्त अध्यायनले देखाएको मन्त्रालयले जनाएको छ।

त्यसैले प्रविधिहरुको प्रयोग गरेर सहपाठी, सहकर्मीसँग भेटघाट कुराकानी छलफल गर्ने बातावरण बनाउन मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित: Sep 09, 2020| 17:25 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।