शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिका पठाउने भन्दै पैसा खाएर फिलिपिन्समा अलपत्र पार्ने पक्राउ

अमेरिका पठाउने भन्दै पैसा खाएर फिलिपिन्समा अलपत्र पार्ने पक्राउ

अमेरिका पुर्‍याउने भन्दै पैसा ठगेर दुई युवालाई फिलिपिन्सको मनिलामा पुर्‍याएर अलपत्र पार्ने १ महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं- अमेरिका पुर्‍याउने भन्दै पैसा ठगेर दुई युवालाई फिलिपिन्सको मनिलामा पुर्‍याएर अलपत्र पार्ने १ महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पश्चिम रुकुमका दुई युवाबाट ४१ लाख ६१ हजार रुपैयाँ ठगेर मनिलाको होटलमा पुर्‍याएर अलपत्र पारेको आरोपमा नेपाल प्रहरीको मानव बेचविखन नियन्त्रण अनुसन्धान व्युरोले ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौंका सतिश बर्तौला, ललितपुर उपमहानगरपालिका–७ का ३२ वर्षीय रवि भन्ने रिकेश महर्जन र काभ्रेको नमोबुद्ध नगरपालिका–९ बस्ने २२ वर्षीया कमला लामा छन्।

व्युरोको टोलीले गत साउन २९ गते बर्तौलालाई पक्राउ गरेपछि उनकै बयानका आधारमा घटनामा संलग्न भनिएका रिकेश र कमलालाई पक्राउ गरिएको हो।

व्युरोका अनुसार २०७६ साउनमा अमेरिका लैजाने भनेर मलेसिया हुँदै फिलिपिन्सको मनिलामा पुर्‍याएर होटलमा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै २३ र २८ वर्षका २ युवाले जाहेरी दिएका थिए।

मनिला पुर्‍याएर अमेरिका पुर्‍याउन नसक्ने भनेपछि उनीहरुले घरबाट पैसा मगाएर नेपाल फर्किएको खुलेको छ।

दुबै जनाले नेपाल फर्किन सफल भएपछि आवश्यक कारबाहीको माग गर्दै व्युरोमा जाहेरी दिएका थिए।

पक्राउ परेकाहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान भैरहेको व्युरोले जानकारी दिएको छ।

प्रकाशित: Sep 09, 2020| 16:55 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।