शुक्रबार, भदौ १२, २०८३

प्रदेश १ मा डेढ सयभन्दा बढी संक्रमित थपिए

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५५ कोरोना संक्रमित थपिएका छन् ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५५ कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बुधबार विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ३० महिला र ४० पुरुष छन्। मोरङको लेटाङमा १ महिला ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैचामा १–१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उता सुनसरीको धरानमा १३ महिला ९ पुरुष, इटहरीमा ९ पुरुष १३ महिला, इनरुवामा ४ महिला १२ पुरुष, भोजपुरको षडानन्दमा १ महिला ४ पुरुष, धनकुटाको चौविसेमा १ महिला २ पुरुष, धनकुटा नगरपालिकामा १ पुरुष, झापाको कमलगाउँपालिका र कनकाईमा १–१ पुरुष, शिवसताक्षीमा १ महिला, ताप्लेजुङको मेरिङदेनमा १ महिला, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४१२ पुगेको छ।

प्रदेश १ मा बुधबार ३६ जना डिस्चार्ज भएका छन्। जिल्ला अस्पताल धनकुटाबाट १४, जीवन विकास आधारभुत विद्यालय धनपालथानबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट ५ र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९४८ पुगेको छ।

प्रदेश १ मा बुधबार १ हजार ३७० जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ६३ महिला र ९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म १ लाख ३ हजार ३३३ जनाको पीसीआर परीक्षण गरिएको छ।

 

प्रकाशित: Sep 09, 2020| 16:48 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।