शुक्रबार, भदौ १२, २०८३

आज १ हजार ८३ जनामा कोरोना पुष्टि, ९१८ जना डिस्चार्ज

आज देशभर १ हजार ८३ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं- आज देशभर १ हजार ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। यो सहित हालसम्म ७ लाख ९९ हजार ३४१ जनाकाे पीसीआर नमुना परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार हाल देशमा १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ९८८ र होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन्।

हाल ५ हजार ४८० जना क्वारेन्टिनमा बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ९१८ जना डिस्चार्ज भएका छन्। हालसम्म ३३ हजार ८८२ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन्। यो जम्मा संक्रमितको ६८.८ प्रतिशत हो।

पछिल्लाे २४ घण्टामा नेपालमा काेराेना संक्रमणबाट जनाकाे मृत्यु भएकाे छ।

प्रकाशित: Sep 09, 2020| 16:25 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।