शुक्रबार, भदौ १२, २०८३

२४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु

आजको दिनमा देशभर २२ जना संक्रमित भेन्टिलेटरमा छन्। आईसीयूमा हुनेको संख्या भने १६२ छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ३१२ पुगेको छ।

आजको दिनमा देशभर २२ जना संक्रमित भेन्टिलेटरमा छन्। आईसीयूमा हुनेको संख्या भने १६२ छ।

कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजको दिनमा देशभर १५ हजार २५ जना सक्रिय संक्रमित छन्।

कोरोनामुक्त हुनेको संख्या ३३ हजार ८८२ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा ९१८ जना कोरोनामुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा १ हजार ८१ जना संक्रमित थपिएका छन्।

प्रकाशित: Sep 09, 2020| 16:23 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।