शुक्रबार, भदौ १२, २०८३

ओली-दाहाल भेट, स्थायी कमिटीमा पेस गर्ने एजेण्डा तय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा पेस गर्ने एजेण्डा तय गरेका छन्।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा पेस गर्ने एजेण्डा तय गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुईअध्यक्षले पर्सिदेखि बस्ने पार्टीको स्थायी कमिटीको बैठकको एजेण्डा तयार गरेका हुन्।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बैठकको कार्यसूची, प्रस्ताव तयार भएको जानकारी दिए।

‘स्थायी कमिटीको बैठकका सम्बन्धमा नै उहाँहरुबीच छलफल भएको हो,’ उनले भने, ‘एजेण्डा तय गरिएको छ। बैठकमा तीनै एजेण्डा प्रस्तुत गरिनेछ।’

१८ भदौमा बसेको पार्टीको सचिवालयको बैठकमा सदस्यहरुले दिएको सुझावसमेतलाई ध्यानमा राखेर कार्यदलको प्रतिवेदनलाई नै प्रस्तावका रुपमा राखिएको छ। त्यसैलाई स्थायी कमिटीको बैठकमा पेश गरिनेछ। १० असारदेखि शुरु भएको नेकपाको स्थायी कमिटी बैठक १८ असार यता बस्न सकेको छैन। 

पार्टीभित्रको विवाद समाधान गर्न बनाइएको कार्यदलले प्रतिवेदन बुझाएपछि गत बिहीबार पार्टीको सचिवालय बैठक बसेको थियो।

नेकपाको लामो समयदेखि स्थगित भएको स्थायी कमिटी बैठक २६ भदौमा बस्दैछ।

प्रकाशित: Sep 09, 2020| 15:05 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।