शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चन्द्रनिगाहपुरका डिएसपीसहित २० प्रहरीमा कोरोना पुष्टि

चन्द्रनिगाहपुरका डिएसपीसहित २० प्रहरीमा कोरोना पुष्टि

रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) सहित २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं- रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) सहित २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

डिएसपी हेमबहादुर शाहीसहित २० जनामा संक्रमण पुष्टि भएको हो। बुधबार आएको पीसीआर रिपोर्टको नतिजामा आफूसहित २० जनामा संक्रमण देखिएको शाहीले जानकारी दिए।

२५ जनाको स्वाब परीक्षण गरिएकोमा आफूलगायत दुई प्रहरी अधिकृतसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।

कोरोना संक्रण देखिए पनि प्रहरीद्वारा प्रदान गरिने शान्ति, सुरक्षा तथा नागरिक सेवामा कुनै पनि असर नपर्ने शाहीले बताए।

संक्रमित प्रहरीहरुलाई पायक पर्नेलाई होम आइसोलेसन र पायक नपर्नेहरुलाई चन्द्रपुर–२ मा रहेको अस्थायी कोरोना अस्पतालमा पठाउने तयारी भैरहेको उनले जानकारी दिए।

कार्यालयमा कार्यरत अन्य प्रहरीहरुको पनि कन्ट्याक ट्रेसिङको आधारमा स्वाव परिक्षण गरिने उनले बताए। त्यहाँ ८२ जना प्रहरी कार्यरत छन्।

प्रकाशित: Sep 09, 2020| 14:55 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।