शुक्रबार, भदौ १२, २०८३

ढोरपाटनवासी सात दिनदेखि अन्धकारमा

बागलुङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते राति भुजीखोलामा आएको बाढीका कारण ठूलो जनधनमा क्षति पुगेको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

बागलुङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते राति भुजीखोलामा आएको बाढीका कारण ठूलो जनधनमा क्षति पुगेको छ।

बाढीका कारण मानवीय मात्रै नभई ठूलो मात्रमा भौतिक क्षति भएको छ। हालसम्म १९ जनाको मृत्यु भइसकेको छ भने त्यत्तिकै अझ बेपत्ता छन्। बाढीले ८० घर पूर्ण र ७१ घरसहित १७१ भौतिक संरचनामा क्षति पुगेको छ।

बाढीका कारण भुजीखोला छेउमा रहेका ११ जलविद्युत अवरुद्ध छन्। कुनैमा आंशिक क्षति पुर्याएको छ भने केही जलविद्युत्गृह पूर्ण रुपमा बाढीले बगाएको छ। केहीको नहर भत्काएको छ। आफ्नो घरबार गुमाउँदा अँध्यारो मन भएका बाढीपीडित सात दिनदेखि अन्धकारमा रात काट्न बाध्य छन्।

जिल्लामा जम्मा ५५ प्रतिशत केन्द्रीय विद्युतीकरण पुगे पनि विकटमा लघुजलविद्युत आयोजना सञ्चालनमा छन्। खोला किनारमा रहेका जलविद्युत्गृहमा भुजीखोलाको बाढीले क्षति पुर्याएको छ। अवरुद्ध एक जलविद्युत् आयोजनाको मर्मतपछि सञ्चालनमा ल्याइएको छ भने अन्य आयोजना मर्मतका लागि स्वतस्र्फुत रुपमा अभियान थालिएको स्थानीयवासी विजय कायतले जानकारी दिए। अहिले ढोरपाटनको बोबाङ गाउँबाहेक अन्य अन्धकार भएको ढोरपाटन नगरपालिका–९का वडाध्यक्ष हरिबहादुर घर्तीले जानकारी दिए।

भुजीखोलाको बाढीले द्वार, फल्लेघर, सुप्राङ, घट्टेपानी, दुनेपधेरा, भुसुन्दे, सुकुरुदुङ र लाकुरीबोट गाउँ अन्धकार भएको छ। बाढीका कारण मानवीय क्षति नभएको तर नगरपालिकाका ७ र ८ मा विद्युत् अवरुद्ध भएको छ। भुजीखोला किनारामा रहेका विद्युत्गृहमा बाढी पसेर ठूलो क्षति पुगेका कारण अन्धकारमा बस्नुपरेको दुनेपधेराका घाइते बाढीपीडित छमेन्द्र पुनले बताए “बाढीले घरमा क्षति पुगेको छ, बारीमा त्रिपाल टाँगेर बस्दै आएका छौंँ,” पुनले भने “घर बाहिर बस्नुपर्ने पीडा त छँदैछ, त्यसमा न विद्युत् छ न मोबाइलको टावर छ ।”

घरमै आएका स्वास्थ्यकर्मीले सामान्य उपचार गरे पनि थप उपचारका लागि बुर्तिवाङ जान नसकेको पुनको भनाइ छ। बाढीका कारण भुजिखोला पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ, नेपाने देउराली जलविद्युत् र रुद्रताल लघुजलविद्युत् आयोजनासहित ११ जलविद्युत्मा क्षति पुगेको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीग्रस्त क्षेत्रको अवलोकनपछि निजीरुपमा सञ्चालनमा आएका लघुजलविद्युत् आयोजनाको अवस्था हेरेर मर्मतमा सहयोग गरिने आश्वासन दिएका थिए।
रासस

प्रकाशित: Sep 09, 2020| 13:19 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।