शुक्रबार, भदौ १२, २०८३

बीपी जयन्तीमा पीसीआर मेसिन उद्घाटन

चितवन- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बीपी जयन्तीको अवसर पारेर अस्पतालमा रहेको पीसीआर प्रयोगशाला विधिवत् रूपमा उद्घाटन गरेको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

चितवन- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बीपी जयन्तीको अवसर पारेर अस्पतालमा रहेको पीसीआर प्रयोगशाला विधिवत् रूपमा उद्घाटन गरेको छ। बीपीकै नामबाट स्थापना भएको सो अस्पतालले उनको १०७ औँ जन्मजयन्तीको अवसर पारेर प्रयोगशाला उद्घाटन गरेको हो।

सोही प्रयोगशालामा पहिलो कोरोना सङ्क्रमण देखिएकी अस्पतालकै नर्स पूजा श्रेष्ठ र आजबाटै अस्पतालमा आएको चिनियाँ मेडिकल टिम लिडर डा झाङ वीले प्रयोगशालाको उद्घाटन गरे। सो अवसरमा अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने, कार्यकारी निर्देशक डा. देजकुमार गौतम, सञ्चालक समिति सदस्य डा. विनय ठाकुरलगायत विभागीय प्रमुखहरुको उपस्थिति थियो।

अस्पतालले प्रयोगशाला गत आइतबारबाट सञ्चालनमा ल्याएको हो। हालसम्म ३९२ जनाको कोरोना परीक्षण गरिएको गौतमले जानकारी दिए अस्पतालले पीसीआर परीक्षण शुल्क रु. तीन हजार ५०० तय गरेको छ।

एक दिनमा ४०० सम्म नमूनाको परीक्षण गर्न सकिने उनकोे भनाइ छ। सो अस्पतालमा देशभर र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन्। पीसीआर परीक्षण गरेर मात्र अस्पतालले उपचार थाल्ने गरेको छ। प्रयोगशाला सञ्चालनमा आएसँगै उपचारमा सहज भएको गौतमको भनाइ छ।

समयमा पीसीआर परीक्षणको नतिजा नआउँदा सङ्क्रमित हुने चिकित्सक, स्वास्थ्यकर्मी र बिरामी बढ्दै गएपछि अस्पतालले आफ्नै प्रयोगशालालाई व्यवस्थित गरेर सञ्चालनमा ल्याएको हो।

सोबाहेक जिल्लामा सरकारीतर्फ भरतपुर अस्पतालले र निजीतर्फ चितवन मेडिकल कलेजले प्रयोगशाला सञ्चालन गर्दै आएका छन्। सरकारी प्रयोगशालामा नमूनाको चाप उच्च भएकाले नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ।

रासस

प्रकाशित: Sep 09, 2020| 13:12 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।