शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा निषेध आदेश खोलेर जोरबिजोर लागू गर्ने तयारी

काठमाडौं उपत्यकामा निषेध आदेश खोलेर जोरबिजोर लागू गर्ने तयारी

कोरोना संक्रमितको संख्या बढ्दै गए पनि काठमाडौं उपत्यकामा २१ दिनदेखि जारी निषेध आदेश खोलिने भएको छ ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडाैं- कोरोना संक्रमितको संख्या बढ्दै गए पनि काठमाडौं उपत्यकामा २१ दिनदेखि जारी निषेध आदेश खोलिने भएको छ। 

काठमाडौं उपत्यका नगरपालिका फोरमले म‌ंगलबार निषेध आदेश खुकुलो बनाउँदै सीमामा कडाइ गर्न र सवारीसाधनमा जोरबिजोर लगाउन सुझाव दिएकाे थियाे। फाेरमले उपत्यका छिर्ने सीमा नाकामा सेना परिचालन गर्न पनि प्रस्ताव गरेकाे छ।

यस्तै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडी‍ओ) लाई विभिन्न सरकारी निकाय र विज्ञहरुले निषेध आदेश खुकुलो नबनाए जनआक्रोश बढ्न सक्ने सुझाव दिएका छन्।

साेही सुझावका आधारमा निषेध आदेश खोल्न लागिएकाे बताइएकाे छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच आज हुने छलफलले यस विषयमा निर्णय लिनेछ। यसबारे गृह मन्त्रालयसँग समन्वय गरी निर्णय लिइनेछ। 

निषेध आदेश खोले पनि यातायातमा भने जोरबिजोर लागू गर्ने तयारी भएको छ। सबै सवारी चल्न दिँदा भीड बढ्ने र संक्रमणको जोखिम उच्च हुने भएकाले जोरबिजोर लगाउने विषयमा छलफल भएको छ।

साउन ७ गतेबाट लकडाउन खुलेसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि भदौ ३ गतेदेखि निषेध आदेश जारी गरिएको थियो। पछिल्लोपटक थपिएको निषेध आदेशको समय आज (बुधबार) मध्यरातबाट सकिँदै छ।

 

प्रकाशित: Sep 09, 2020| 11:13 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।