शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा ९ सहित गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित

पोखरामा ९ सहित गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा बुधबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

पोखरा- गण्डकी प्रदेशमा बुधबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजको प्रयोगशालामा भएको परीक्षणमा कास्कीका ९ जना, बागलुङका १ जना र नवलपुरका १ जनामा गरि ११ जनामा कोरोना पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिकामा ६ बर्षीय बालिका १ जना, २ जना महिला र ६ जना पुरुषमा कोरोना देखिएको स्वास्थय निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी बागलुङको तमानखोलाका र नवलपुरको गैंडाकोट १÷१ जना पुरुषमा कोरोना देखिएको छ । योसँगै गण्डकीमा २ हजार ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ८ सय ४ जनामा निको भएर घरफर्किएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Sep 09, 2020| 08:41 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।