शुक्रबार, भदौ १२, २०८३

रौतहट, बारा र पर्सामा थप ३७ जनामा कोरोना पुष्टि

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश नम्बर २ को बारा, पर्सा र रौतहटका गरि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

पर्सा- वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश नम्बर २ को बारा, पर्सा र रौतहटका गरि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ९ महिला सहित ३७ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक तथा प्रवक्ता डा अतुलेशकुमार चौरासियाले जानकारी दिए ।

पछिल्लो परीक्षणमा रौतहटमा २२, बारामा ९ र पर्सामा ६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा ४ वर्षका बालकदेखी ६७ वर्ष उमेर समुहका ३७ जना रहेका छन् ।

संक्रमित हुनेमा रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ का मात्रै २२ जना छन् ।

यसैगरी बारा जिल्लाको कोल्भि नगरपालिकाका ३ जना, अमौर टोक्नी वडा नम्बर २, कलैया उपमहानगरपालिका वडा नम्बर १९ र ९ त्यसैगरी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २, बारागढि गाउँपालिका वडा नम्बर १, इलाका प्रहरी बारागढि गरि एक/एकजना संक्रमित थपिएका हुन् ।

यसैगरी वीरगंज महानगरपालिकाको वडा नम्बर ११ मा २ जना, २८ र ३२ मा एक/एक जना त्यसैगरी पर्साको ग्रामीण भेगमा पर्ने पटेर्वा सुगैलि गाँउपालिका वडा नम्बर ८ र चैनपुर ८ मा एक एकजना संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ ।

यो सहित पर्सामा ५ सय ४३ महिला सहित २४ सय २० संक्रमित पुगेको छ । जसमध्ये १५ सय २९ जना कोरोना संक्रमण मुक्त भइसकेका छन् ।
पर्सामा २२ हजार १ सय ४२ जनाको स्वाब टेष्ट भईसकेका छन् ।

प्रकाशित: Sep 09, 2020| 08:31 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।