काठमाडौं- काठमाडौंमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।
काठमाडौंका ६७ वर्षीय पुरुषको ललितपुरको पुल्चोकमा रहेको अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।
उनी हिजो नै अल्का अस्पतालमा उपचारका लागि पुगेको स्वास्थ्य कार्यलय ललितपुरले जनाएको छ । उच्च ज्वरो आउनुका साथै सास फेर्न गाह्रो भएपछि उनी अस्पताल भर्ना भएका थिए ।