मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यी स्थानमा हुँदैछ भारी वर्षा, कुन प्रदेशको मौसम कस्तो ?

यी स्थानमा हुँदैछ भारी वर्षा, कुन प्रदेशको मौसम कस्तो ?

मौसम बद्लिएसँगै अबको तीन दिन देशभर सामान्यदेखि पूर्ण बदली भइ विभिन्न स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं- मौसम बद्लिएसँगै अबको तीन दिन देशभर सामान्यदेखि पूर्ण बदली भइ विभिन्न स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेका कारण केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य वर्षाको सम्भावना मात्रै रहेको मौसमविद्हरुले बताएका छन् । उनीहरुका अनुसार काठमडौं उपत्यकामा भने मौसम बदली भइ मध्यम वर्षा हुने सम्भावना छ ।

अबको तीन दिन अर्थात शुक्रबारसम्म नै देशका विभिन्न ठाउँमा भारी वर्षा हुने छ भने देशैभरको मौसम बद्लिनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

यस्ताे हुनेछ आगामी तीन दिनकाे माैसम

भाद्र २४ गते (बुधबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २५ गते (बिहिबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २६ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Sep 09, 2020| 06:52 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।