मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कृषि क्षेत्रलाई विचौलियाबाट बचाउनुपर्छ : मन्त्री पुन

कृषि क्षेत्रलाई विचौलियाबाट बचाउनुपर्छ : मन्त्री पुन

रोल्पा- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कृषि क्षेत्रलाई विचौलियाबाट बचाउनुपर्ने बताएका छन्।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

रोल्पा- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कृषि क्षेत्रलाई विचौलियाबाट बचाउनुपर्ने बताएका छन्।

कृषि ज्ञान केन्द्र रोल्पाले आयोजना गरेको आर्थिक वर्ष २०७७, ७८ को वार्षिक बजेट सार्वजनिक कार्यक्रममा मन्त्री पुनले कृषि क्षेत्रलाई व्यवसायीकरण र आधुनिकीकरण गरेर मात्रै आर्थिक समृद्धि हासिल हुने धारणा राखे।

अन्य क्षेत्र जस्तै कृषि क्षेत्रमा पनि विचौलियाको बिगबिगी भएको बताउँदै वास्तविक किसानसम्म स्रोत साधन पुग्ने वातावरण बनाउनुपर्ने मन्त्री पुनको भनाइ थियो । विचौलिया मोटाउने, किसान दुब्लाउँदै जाने अवस्था सिर्जना भए कृषिमार्फत आर्थिक समृद्धि हासिल गर्ने कुरा भाषणमा मात्रै सीमित हुने मन्त्री पुनले बताए।

यसैबीच रोल्पामा भएको अर्को एक कार्यक्रममा रोल्पाका दुई हजार २६ घरधुरीको फुसको छानो फेर्ने निर्णय गरिएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत रु १० करोड १३ लाखको लागतमा फुसको छानो विस्थापन गरी जस्तापाता लगाउने निर्णय गरिएको मन्त्री पुनका सचिवालय सदस्य जीवन रोकाले जानकारी दिए।।

मन्त्री पुनसहित जिल्ला समन्वय समिति रोल्पामा जिल्लाका दशवटै स्थानीय तहका प्रमुख, पूर्व सभामुख ओनसरी घर्ती, प्रदेशसभा सदस्य दीपेन्द्र पुन, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा सहभागी बैठकले उक्त निर्णय गरेको हो ।

प्रकाशित: Sep 09, 2020| 06:01 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।